गौशाला । महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ९ भरतपुरका झपसी मुखिया दुई बर्ष यता कतारमा श्रम गर्दै आएका छन् । श्रीमति र छोराछोरीको भविष्य खोज्दै गाउँका साहूसँग ऋण लिएर कतार पुगेका उनले रकम कमाउँदै पत्नीलाई पठाउँदै गए ।
उनकी पत्नी पनि पतिले पठाइरहेको रकमले तीन छोरा र १ छोरीको पालनपोषण गर्दै घर सम्हालिरहेकी थिइन् । तर, मुखिया कतार पुगेको डेढ बर्षपछि उनकी श्रीमति सबैभन्दा कान्छी ३ बर्षकी छोरी लिएर घरबाट टाप कसिन् । कतारम श्रम गरिरहेका मुखियाले यो कुरा बुझेपछि हत न पत घर फर्किए । पत्नीलाई खोजेर घरमा ल्याएर सम्झाए ।
उनकी पत्नीले अब यस्तो घट्ना नदोहो¥याउने र छोराछोरीको देखभाल गर्दै घरमै बस्ने बताइन् । घर आएका मुखियाले पनि अब वैदेशिक रोजगारमा नजाने बरु गाउँमै काम गरेर परिवार चलाउने निष्कर्षमा पुगे । तर, उनकी पत्नीले नै ‘अब २ बर्ष मात्रै काम गरेर आउनुस्, त्यसपछि गाउँमै मिलेर काम गरौंला’ भनिन् ।
पत्नीकै आग्रहमा मुखिया पुनः कतार गए । तर, उनी कतार गएको तीन महिना नबित्दै उनकी पत्नी पुनः गायव भएको छ । पिता वैदेशिक रोजगारीमा रहेको बखत आमा घरबाट पुनः गायव भएपछि उनीहरुका तीन जना छोराको बिचल्ली भएको छ ।४ बर्षीया छोरीलाई लिएर आफ्नो श्रीमति भागेपछि ११ बर्षका छोरा रजित, ९ बर्षका रोहित र ७ बर्षका छोरा मनिष टुहुरा बनेको मुखियाले कतारबाटै बताएका छन् ।
‘पत्नी यसअघि घरबाट भाग्दा टिकट लिएर तत्कालै घर आएको थिएँ’ उनले भने, “त्यस बेला खोजेर सम्झाएको थिएँ । अब घरमै बस्छु जान्नँ भन्दा पत्नीले नै अब दुई बर्ष काम गरेर आउनुस्, अनि घरमै बस्नुहोला भनेकी थिइन ।”
उनकै आग्रहमा तीन महिना अगाडि मात्रै कतार आएको बताउँदै मुखियाले तीन छोरालाई छोडेर गएपछि आफ्ना बच्चाहरुको विजोग भएको कतारबाटै बताएका छन् । ‘पटक–पटक पठाएको सबै रकम लिएर आफ्नो पत्नी भागेको उनले बताए ।
उनका तीनै जना छोरालाई उनका दाजु र भाउजुले राखेका छन् । ‘हामी पनि गरीब छौं, आफ्नै छोराछोरीलाई राम्रोसँग खुवाउन सकिरहेका छैनौं’ मुखियाकी भाउजु सविताले भनिन्, “जसोतसो देबरका छोरालाई पनि राखेका छौं । धेरै दिनसम्म उनीहरुलाई त खुवाउन सकिन्नँ ।”
कतारमा रहेका मुखियाले आफ्नो पत्नीको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !