काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारण एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा सत्यता नरहेको बताएका छन् ।प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् , ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
आइतवार साँझ ६ बुँदे विज्ञप्ति निकालेर ओलीले नेकपा एमाले एकताका लागि आह्वान गरेका थिए । उनले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका थिए ।विज्ञप्तिमा ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै देशको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरिएको बताए । तर पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !