अमित ठाकुर / रौतहट । गए राती रौतहटमा प्रहरी र स्थानीय बिच झडप भएको हो। रौतहटको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरीबिच झडप हुदा डिएसपिसहित ७ जना प्रहरी घाइते भएको प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहले जनाएको हो।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले निषेधाज्ञा अवज्ञा गर्दै विवाहमा भिडभाडका साथ डिजेसहित बाजागाजा बजाईरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि गर्न गराउन निर्देशन दिइ फर्किएका प्रहरी माथि स्थानीयले एक्कासी ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक साहले बताउनु भयो ।
झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएपि द्धारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन । घाइते डिएपिसहित प्रहरीहरुको स्थानिय गरुडास्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक साहले जनाएको हो ।
गएराती अन्दाजी ९ बजेको समयमा भएको झडपमा संलग्न संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाष २४ गते देखि निषेधाज्ञा जारी गरिएको थियो ।
