बाँके । खाजा पसलबाट लागू औषध (ब्राउन सुगर)को कारोबार गरेको आरोपमा बाँके प्रहरीले ३ जना महिला र १ जना पुरुष गरी ४ जनालाई पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ न्युरोडस्थित सन्ध्या नास्ता पसलबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–८ बस्ने ३३ वर्षीया बिबा शाही, सोही ठाउँकी ३० वर्षीया गंगा खड्का, बर्दियाको राजापुर नगरपालिका–४ बस्ने २१ वर्षीया पूजा परियार र नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय राजेश खटिक छन्।
खाजा पसलमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो बाँकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट बिक्रीका लागि तयार पारेर राखिएको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर र नगद ४१ हजार ५०० रुपैयाँ बरामद गरिएको जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !