काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको माधव नेपाल पक्षलाई पार्टी २०७५ जेठ ३ मा फर्काएपछि प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई/दुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर प्रश्न गर्नुभएकाे छ ।
एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै आइतबार पार्टीलाई असन्तुष्ट माधव नेपाल पक्षकै मागबमोजिम २०७५ जेठ २ गतेमा फर्काउने घोषणा गर्दै ६ बुँदे प्रस्ताव गर्नुभएकाे छ ।
यसै सन्दर्भमा डा. भट्टराईले नेपाल पक्षलाई पार्टी एकता गर्दैमा अध्यक्ष ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको, संवैधानिक आयोगहरूमा गरिएका अवैधानिक नियुक्ति, लाखौं भ्रष्टाचार, कोरोनापीडितलाई बिल्ली पारेको जस्ता सबै कदम क्षम्य हुने हो भनेर ज्ञिज्ञासा राख्नुभएकाे छ ।


















