काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि प्रस्तुत गर्नु भएको प्रस्ताव सकारात्मक भएको बताउनु भएको छ ।आइतबार राति सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले प्रधानमन्त्रीको यो वक्तव्यले एकता कार्यदललाई निरन्तरता दिने बाटो खुलेको दावी समेत गर्नु भएको छ ।एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबार ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्कन संसद विटनबिरुद्ध दिइएको रिटबाट हस्ताक्षर फिर्ता लिनु पर्ने लगायतका सर्त प्रस्तुत गरिएको थियो ।
-
नेता भट्टराईले लेख्नु भएको स्टाटस
फेसबुकबाट तपाईको प्रतिक्रिया !