कृष्णा यादव / विरगंज । पर्सा प्रहरीले पुष महिनाको पहिलो सातादेखि जेष्ठको महिनाको अन्तिम सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा , हुण्डी लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ६ करोड ९७लाख ५४ हजार ८सय ३० रुपैया बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।
त्यस्तै १ करोड ८३ लाख ४१ हजार, ७ सय ९० रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको २०जनालाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
त्यसै गरिपर्सा प्रहरीले ४ करोड ९७ लाख ५४ हजार ८ सय ३० रुपैयाँ बराबरको तस्करीको सामान सहित जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पाण्डेले बताउनुभयो। पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका २९ जनालाई प्रहरीले पक्राउ गरि ७ लाख ४५ हजार ७ सय ७७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको बताए।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे पर्सामा २०७७ साल पुस १ गते कार्यभार सम्भालेको दिन देखि तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने गरेका छन्।पर्सा प्रहरी उपरीक्षक पाण्डेले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराउन सफल भएका छन्।
त्यसै गरि एसपी पाण्डेले हरेक महिनामा प्रहरी अधकृित संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन।क्राईम टोली प्रहरीको ईन्चार्ज सोभन बिक्रम राणाको सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्साॐ जिल्लावाट पलायन भएको छन्।भने पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि आएपछि पर्सा जिल्लाबासीहरु क्राईम ब्रान्च प्रमुख राणा र प्रहरी उपरीक्षक पाण्डे संग निकै नै खुशी रहेको पर्सा जिल्लाका स्थानियहरुले बताएका छन्।
जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पाण्डेले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गरेको बताउनुभयो ।
।
फेसबुकबाट तपाईको प्रतिक्रिया !