काठमाडौं । काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४९ वर्षीय विनोद कार्की सहित १५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
