बिरेन्द्र प्रसाद नेपाल / सिरहा । लहान नगरपालिका वार्ड नं. १ का एक किसानका छोराले पशुपालन मार्फत बार्षिक ५००००० ( पाँच लाख ) भन्दा भन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय बिरेन्द्र यादवले व्यवसायिक बाख्रा, भैसी र गाईपालन मार्फत वार्षिक पाँच लाख आम्दानी गर्दै आएका हुन् । यादवको साविकको घर लहान नगरपालिका वार्ड नं.२३ गाढा गाउँमा हो ।
त्यहा बिरेन्द्र यादवको पुर्खाहरुले नै भैसी पालन गर्ने परम्परा नै बनाएकोले गाउँमा पनि भैसीको दुधवाट निकै राम्रो आम्दानी भैरहेकोले वर्षमा खर्चबर्च कटागरी गाई, भैसी र वाख्रा पालनवाट बार्षिक पाँचलाख आम्दानी गर्दै आएको यादवले बताउनु भएको छ । तिन वर्ष देखि पशुपालन गर्दै आएका यदव आफ्नो निजी लगानी लगाउँदै आएको छ । पुजी बढाउन कठिनाई भएको छ तर सरकारले पशुपालनको लागि ऋणको सुविधा दिएको छ तर ऋण सजिलो तरिरकावाट लिन नपाएकोले पशुपालनलाई फस्टाउन नससकेर युवाहरुलाई रोजगार समेत दिन नसकेको गुनासो गरेको छ यादवले ।
पशुपालनलाई व्यवस्थित गरी स्वरोजगारमूखी बनाउने उद्येश्यले फर्म दर्ताको प्रोसेसमा छ ।
सुरुवाती चरणमा एकवाटा गाई र चारवटा बाख्रा किनेर पशुपालन व्यवसाय शुरु गरेका यादवले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन । हाल उनले २० वटा बाख्रा संगै चारवटा तिनवटा गाई पालेका छन् । बाख्राबाट वर्षिक दुई देखि तिन लाख आम्दानी गर्दै आएका यादवले गाईभैसीको दूध बेचेर वार्षिक २ लाख देखि माथि आम्दानी गर्दै आएको उनले बताउँदै भने अहिले डेरीहरु खुलेकोले दुध बिक्री गर्न समस्या आएको छैन र गाईलाई गाउँवाट ल्याएको पराल, भुसा र हरियो घासपात खुवाउनमा कमी नगरिएकोले मेरो गाईले दिएको दुधको फयाट मापन गर्दा भैसीको दुध भन्दा अलिकती कम भए पनि स्वाद मिठो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !