Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मापदण्डविपरीत सडक निर्माण, विरोध भएपछि अलकत्रा र भुटेको बालुवा हाल्दै

कैलाली । घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको बालुवा हालेको छ । स्थानीयवासीको विरोध र विभिन्न सञ्चारमाध्यममा खबर आएपछि नगरपालिकाको टोलीले गरेको सडकको अनुगमनका क्रममा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्र सडक बनाएको पाएपछि नारायणम रेखा जेभी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालोसूचीमा राख्न सिफारिशलगायत कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

यसरी कालोपत्र सडकमा अलकत्रा र भुटेको बालुवा राख्दा गिट्टी चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि निर्माण भइरहेका ठाउँमा कालोपत्र नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको, खुट्टाले कोट्याए जमीन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

सडकको सबबेस र बेसको काम राम्रो रहे पनि कालोपत्र गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४.७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या देखापरेको भए पनि खासमा त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको छ । अलकत्राको गुणस्तर कमजोर भएको÷नभएकोबारे प्रमाणित गर्न उपमहानगरपालिकाको प्रयोगशालामा परीक्षणका लागि पठाउन लागिएको नगरपालिकाका इञ्जीनियर सन्तोष चन्दले बताउनुभयो ।

अहिले स्यान्डसिल गरिए पनि अलकत्रा परीक्षणपछि गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्र बिग्रिएको छ, त्यसमा माथिबाट मर्मत मात्र नभई धेरै बिग्रिएका २०० मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरि कालोपत्र गर्नुपर्ने अवस्था रहेको चन्द बताउनुहुन्छ । करीब १७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो चरणअन्तर्गत ३.५६ किमी सडक कालोपत्र गर्ने काम भइरहेको छ । सडक कालोपत्र गर्नका लागि नारायणम रेखा जेभी निर्माण सेवाले रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्कामा लिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिक टोलीलाई अनुगमनमा पठाइएको र प्राविधिकलाई सडक मापदण्डानुसार भए÷नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको बताउनुभयो । सडक मापदण्डविपरीत भए शुरुमा मापदण्डअनुसार बनाउन पत्राचार गरिने र नमाने कानूनबमोजिम कारवाही गरिने सिंहको भनाइ छ ।कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्डअनुसार नै बनाइएको जिकिर गर्नुभएको छ । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको उहाँको भनाइ छ ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको चक्रपथ नगरपालिकाको महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ । सुखडको भुखाली चोकबाट पीपलडाँडा, पूर्वी पेट्रोलपम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखालीचोकसम्म करीब १७ किमी चक्रपथ निर्माण हुने बताइएको छ । – रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh