काठमाडौं । उपप्रधानमन्त्री र सहरी विकास मन्त्रीमा नियुक्त महतोले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताए ।’हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।’
उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए ।उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दावी गरे । ‘पार्टीको मूल प्रवाह भनेको हामी हो । बहुमत पनि हामीसँगै छ । उपेन्द्रजीको भनेको मधेसको यादवको जातीय संगठनमात्रै हो । हामीसँग ७० प्रतिशत पकड छ,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !