काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का महासचिव ईश्वर पोखरेलको मन्त्री पद खोसिएको छ । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएपछी अन्य मन्त्रीसहित उनको पनि पद खोसिएको हो ।
पोखरेलसंग लामो समयदेखि असन्तुष्ट रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको काममा खटाउने भन्दै उनको पद खोसेका हुन् । यसअघि रक्षामन्त्री हुँदा पनि काम गर्न नसकेको भन्दै पद खोसेका थिए । पछी सिसिएमसीको प्रमुखबाट पनि ओलीले हटाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !