बिरगंज । सिमानाका बन्द रहेको बेला अबैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित ट्रयाक्टर पर्सा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले बिहान १ बजे पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैध रूपमा भारत तर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित प्रदेश २-०३-००१ थ ०००१ नम्बरको ट्रयाक्टरलाई जफत गरेको हो ।बरामद गरिएको ट्रयाक्टर र मदिराको मूल्याङ्कन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !