काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’को बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठनलगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तारलगायतका विषयमा छलफल गर्नका लागि ‘फुल कोर्ट’को बैठक बोलाउनुभएको हो ।
शुक्रबार बस्ने पूर्ण इजलासले सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुने बताइएको छ । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएका मुद्धामा आइतबार सुनुवाई हुँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !