सन्ताेष बराइली / जनकपुरधाम । २० बर्षकाे उमेरदेखि रेडियाे नेपाललाई सुन्दै अाएका धनुषा , मिथिला नगरपालिका – ७ , ढल्केबरका ६३ बर्षिय गाेपाल कडारी ( रिकाबहादुर ) रेडियाे नेपालममा बज्ने समाचारका फ्यान हुन् । ४३ बर्ष देखि उनी रेडियाे नेपालकाे समाचार बुलेटिन सुन्दै अाएका गाेपाल भन्छन् , रेडियाे नेपालकै समाचारमा रस बस्याे , अरू रेडियाेहरूकाे समाचार सुन्दा धित नै मर्दैन ।
यसअघि उनी रेडियाे नेपालबाट बज्ने घटना र बिचार कार्यक्रमका पनि रेगुलर श्राेता थिए रे ! भन्छन् , अाजभाेली भने भ्याएकाेबेला मात्र घटना र बिचार सुन्छु ।
ग्रामिण समाजकाे चेतनास्तर वृद्वीमा रेडियाेहरूले उल्लेख्य भुमिका खेलेकाे गाेपालकाे ठहर छ । तर, केही स्थानिय एफएमहरूले जथाभाबि कार्यक्रमहरू पस्किदिदा स्थानिय सँस्कृतीमा अाँच पुगेकाे दाबि पनि छ , गाेपालकाे ।
उनिसँग अहिले अाेरियण्ट कम्पनीकाे रेडियाे छ । याे रेडियाे ६ बर्षअघि ढल्केबर बजारस्थि प्रेम वाचबाट ५ सय रूपैयाँमा खरिदेका हुन् ।
तीन कक्षा पढेका उनी समाचार पढ्न नसकेपछि रेडियाे नेपालकाे समाचारमा भर परेकाथिए ।
साधारण परिवारका उनी ढल्केबरकाे पशुपति प्लाईउड फ्याक्ट्रीमा २३ बर्ष देखि मजदुरीमा छन् ।
तर रेडियाेबाट हामीले काम गर्ने प्लाई फ्याक्ट्रीमा हामी मजदूरमाथी हुँदैअाएका ज्यादतीहरूकाे समाचार कहिल्यै बजेन , ८ घण्टाकाे दैनिक ४ सय रूपैयाँ ज्याला पाउने उनी भन्छन् , मजदूरमा दलालीकरण हाबि छ , कुनै सुविधा छैन ।
२० बर्ष देखि त्यहाकाम गर्दै अाएका मजदूरहरूकाे बुढेसकालमा पाखुरी चल्न छाडेपछी कुनै सेवासुविधा नदिई कामबाट निक्लन ब्यस्थापनले दबाब दिने गरेकाे गाेपालकाे दाबि छ ।
उक्त प्लाइउड फ्याक्ट्रीमा ढल्केबरका ५ सय बढि मजदूर कार्यरत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !