लहान । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं. २ का भू—भाग मरूभूमिकरण भई जनताको बिल्लीबाठ हुने जनाउँदै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।
चुरे क्षेत्र वालुवा गिट्टीको स्रोत नभई प्राकृतिक सम्पदामा समेत धनी भएको उल्लेख गर्दे उहाँले प्रदेश सरकार मातहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी प्राकृतिक सम्पदाले वासस्थान गुमाउने बताउनुभयो ।


















