दमौली । बतास फाउण्डेसनले दमौली अस्पताललाई २० लाख रुपैयाँ मूल्य बराबरको अक्सिजन उत्पादन मेसिन (अक्सिजन कन्सन्ट्रेटर) सहयोग गरेको छ । फाउण्डेसनका तर्फबाट मोहनकाजी बतासले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सुनिल पौडेललाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्टे«टर मेसिन प्राप्त भएसँगै कोरोनाका बिरामीलाई अक्सिजन दिन सहज भएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भैरहेकाले उपचार सहज बनाउन लागि फाउण्डेसनले सो सहयोग गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !