काठमाडौं । सैनिक पोशाक (ट्राक सुट) धारीका कारण काठमाडौं उपत्यकामा प्रहरी हैरान भएका छन् । निषेधाज्ञाका क्रममा हुन सक्ने सम्भावित अवरोधलाई रोक्न बहालवाला तथा पूर्वसैनिकले पोशाक दुरूपयोग गरेपछि प्रहरी हैरानी हैरानीमा परेको हो । निषेधाज्ञाको गम्भीरतालाई नबुझी बहालवाला तथा भूतपूर्व सैनिकले पोशाक दुरूपयोग गरेर हिँड्डुल गर्दा गतिविधि बढेको र त्यसलाई नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।
यसबारे जंगीअड्डामा समेत गुनासो पुगेको छ । पोशाक दुरूपयोगको जानकारीपछि सेनाले निर्देशनविपरीत सार्वजनिक स्थानमा निषेधाज्ञा अवधिमा सैनिक ट्राक सुट प्रयोग नगर्न निर्देशन दिएको छ । ‘नेपाली सेनामा अन्य पोशाकहरू सरह ट्राक सुट पनि मर्यादित खेल पोशाक नै भएकोले तोकिएको समय, परेड, कार्यक्रममा मात्र लगाउन निर्देशन भएको हुँदाहुँदै पनि निषेधाज्ञाको समयमा नेपाली सेनाबाट वितरित सैनिक ट्राकसुट प्रयोग गरी आफूखुसी हर्कत नगरी दिनुहुन र सैनिक हिताधिकारीरपरिवारजनलाई समेत उक्त ट्राकसुटको प्रयोग नगर्नु हुन अनिवार्य जानकारी गराउनु हुन भनी लेखि आएकाले अब उप्रान्त जारी निषेधाज्ञाको समयमा घर एबम ब्यारेक बाहिर हर्कत गर्दा नेपाली सेनाबाट बितरित ट्राकसुट प्रयोग ९न० नगर्न र नगराउनु हुन कडाईका साथ निर्देशन गरिन्छ,’ सेनाले एक निर्देशन जारी गर्दै भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !