एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । स्पेनिस पत्रिका एएसको अनुसार ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्न लागेका हुन् ।
गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको बताइएको छ । आफू निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको आँकलन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !