काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रमलाई ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ भनेका छन् । आज उनले विज्ञप्तिमार्फत् सरकारले ढुंगा गिटीको निकालीको कार्यक्रम ल्याएकोमा कडा विरोध गर्दै तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।
देउवाले हचुवाको भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै दुरगामी घातको कार्यक्रम ल्याइएको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रा लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छु ।’


















