काठमाडौं । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले कोटेश्वर स्थित नरेफाँटबाट दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ । उनीहरुको नरेफाँटमा डेरा छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !