काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ ।
अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।
यद्यपि, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !