काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित ई. धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको हो ।
यसैगरी थरुहट आन्दोलनमा सहिद भएका परिवारमध्ये राहत पाउन छुट भएकाहरुलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार र क्षति भएको धनजनको मूल्यांकनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !