कञ्चनपुर। लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका-७ को लालपुरबाट लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !