काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागु औषध एम्फेटामाइन आइस बरामद गरेको छ । अनुपले एम्फेटामाइन आइसको डिलर चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।अमृता र परदु लागुऔषध प्रयोगकर्ता हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !