सिरहा। मदिरा चोरी गरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन । निलम्बनको कारबाहीमा पर्नेमा सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान रहेका छन ।सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यत प्रहरी साहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय लिम्बनमा परेका हुन् ।
यही जेठ ९ गते गस्तिमा खटिएका बेला लहान नगरपालिका २३ गढीया चोकस्थित पूजा मदिरा पसलबाट मदिरा चोरी भएको थियो । मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा रेकर्ड भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यसलगत्तै प्रहरीको चौतर्फी आलोचना हुन थालेपछि विभागीय कारवाही गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !