बजेटमा नेपाली सेना : बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता


काठमाडौं । कामचलाउ सरकारले शनिबार आर्थिक वर्ष ०७८/७९ का आफ्नो अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।बजेटलाई अर्थविद्हरूले वितरणमुखी भएको भन्दै आलोचना गरेका छन् ।

हुन पनि यसपटकको बजेटमा सरकारले सबैजसो क्षेत्रलाई खुसी बनाउने प्रयास गरेको देखिन्छ । वृद्धभत्ता १००० ले बढेको छ भने विद्यार्थीका लागि सहुलियत ऋण दिने योजना परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको लामो समयदेखि वृद्धि हुन नसकेको राशन भत्ता यसपटक १५ प्रतिशतले वृद्धि भएको छ । यो पर्याप्त नभए पनि वर्षौंदेखि न्यून राशन भत्तामा छाक टारिरहेकाहरूलाई केही हदसम्म भए पनि राहत दिएको छ ।

अर्थविद्हरूले बजेट वितरणमुखी भएको भन्दै आलोचना गरे पनि नेपाली सेनालाई समेट्ने उम्दा कार्यक्रम भने यस वर्ष समेटिएको छैन । मात्रै केही विषय राखेर मन राख्ने काम गरिएको छ । अर्थविद्हरूले बजेट वितरणमुखी भएको भन्दै आलोचना गरे पनि नेपाली सेनालाई भने उपेक्षित गरिएको छ । औपचारिकता निर्वाह गर्न केही विषय समेटिए एउटा पनि उम्दा कार्यक्रम छैनन् ।

अर्थमन्त्री पौडेलका अनुसार, नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा र विकास निर्माण एवं विपद् व्यवस्थापनमा परिचालन गर्ने विषय बजेटमा समेटिएको छ । त्यसैगरी, चालु आर्थिक वर्षको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

सेनाअन्तर्गतको राष्ट्रिय सेवा दललाई राष्ट्रियता, देशभक्ति र राष्ट्रसेवामा समर्पित गर्ने अर्को योजना पनि सरकारले बनाएको छ ।सरकारले राष्ट्रिय विश्वविद्यालयको भौतिक एवं शैक्षिक पूर्वाधार निर्माणका लागि भने आवश्यक बजेटको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ ।