जनकपुरधाम । कोभिड १९ ले भोकमरी र उपचार आभावमा जनता मर्दै गएको अवस्थामा प्रदेश २ सरकार राहत उपलब्ध गराउनुको सट्टा वारुणयन्त्र र पोखरी सिगार्नमा व्यस्ट छन ।कोभिड रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको क्रममा भोकमरीका कारण प्रदेशमा ८ जना र उपचार आभावमा दर्जनौको मृत्यु भइसकेको छ ।
तर प्रदेश सरकार जनतालाई राहत र उपचारका लागि अस्पताल, आक्सिजन, भेन्टीलेटर उपलब्ध गराउनुको सट्टा करोडौ करोड रुपैया वारुण यन्त्र र पोखरी सिगार्नमा खर्चिदै आएका छन ।भोकमरीका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ कुचाई टोल स्थित मुसहर वस्तीका ५ जना दलित र सिरहाको कर्जनहा नगरपालिका ५ खोला टोल स्थित मुसहर वस्तीका दुई दलित गरी तीन सहित ८ जनाको एक सप्ताहमा मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार धनुषाको कुचाई टोलमा ६० वर्षिया रामसति सदा, वर्ष ५५ की सुगिया सादा, वर्ष ६० की सिता देवी सहित दलित समुदायकै एक २१ वर्षिय युवक र ७० वर्षिय वृद्धको मृत्यु भएकोछ ।
कुचाईका स्थानीय शिक्षक मिनबहादुर तामाङले भने बिमारी भन्दा खान नपाएर भोकका कारण तिनीहरुको मृत्यु हुन गएको हो । मृत्यु हुने राम सति, सुगीया देवि र सिता देवि छिमेकी नै हुन । तिनीहरुमा सामान्य ज्वरो तथा रुघा लाग्ने जस्ता समस्या देखिएको थियो । तर कर्यौ दिनदेखि औषधि त के खान समेत नपाएर भोकले मरेको छ ।सो टोलमा अधिकांश दलित समुदायका बसोबास छन ।
तिनीहरुको जिविकोपार्जन दैनिक मजदूरी हुन । लकडाउन भएपछि काम नपाएर भोकभोकै तिनीहरु घरमै बस्न बाध्य थिए । आर्थिक तंगीले खान नपाएरको अवस्थामा बिरामी पर्दा शारिरीक रुपमा झन सिथिल भई मृत्यु भएको हुन गएको बताइएको छ ।सम्बन्धित निकाय नगरपालिकाका मेयर योगी पजियारले घटना बारे जानकारी नभएको भनी अनभिज्ञता प्रकट गरेका छन । उनले भने कुचाई टोल भोकमरी र उपचार आभावमा मृत्यु भएको जानकारी आफू कहाँ आएको छैन । उनले भने अहिले राहत वितरण गर्न सक्ने अवस्था छैन तर पनि हामीले सबै वडाध्यक्षलाई डाटा संकलन गर्न भनिसकेका छौं ।
डाटा आएपछि वितरण गर्नेछु ।
उता सिरहाको करजन्हा खोला टोलमा दलित समुदायका भिखारी सादा, जितन सादा र पहाडी समुदायका हिरालाल लामाको भोकमरी र औषधोपचार आभावमा मृत्यु भएको स्थानीय युवा समाजसेवी सिजेन्द्र सादाले बताएका छन । उनले भने एक साताको अन्तरालमा खोला टोलमा लकडाउनका कारण रोजगारी गुमेपछि कयौं दिनदेखि खान नपाएर र औषधि उपचार आभावमा एक पहाडी समुदायका व्यक्तिसहित ३ जनाको मृत्यु भएको छ भने रामप्रसाद सादा भन्ने व्यक्ति पनि कयौं दिनदेखि बिमार छन, त्यसको अवस्था पनि गम्भीर नै रहेका छ ।
उनका अनुसार सो वडामा करीब ८०/८५ घरधुरीका ३ सयभन्दा बढी मुसहर जातिका व्यक्तिहरु बसोबास गर्दै आएका छन । तिनीहरुको मुख्य पेशा दैनिक मजदूरी गर्ने हो । लकडाउन लागू भएपछि घरबाट बाहिर निस्किन नसक्दा भोकभोकै घरमा बस्न बाध्य छन । मुसहर वस्तीका अधिकांश व्यक्ति ज्वरो रुघाखोकीबाट ग्रसित छन ।नगरपालिकाका वडा अध्यक्ष र मेयरलाई पटक पटक राहत तथा औषधि उपलब्ध गराई दिन आग्रह गर्दा पनि कुनै चासो नलिएपछि स्थानीय युवाहरुले केही रकम संकलन गरी सो दलित वस्तीमा केही औषधि, मास्क, सेनिटाइजर र राहत सामाग्री उपलब्ध गराएका छौं । घटना सम्बन्ध नगरपालिकाका मेयर गंगा पासवानले पनि आफ्नो नगरपालिकाको कुनैपनि वडामा भोकमरी वा उपचार आभावले मृत्यु भएको छैन । सामाजिक सञ्जालमा केही यस्ता कुरा आएको छ त्यो गलत हो ।
-
प्रदेश सरकारको बेतुका खर्च
यता प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानून मन्त्री ज्ञानेन्द्र यादव सहितका पदाधिकारीलाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । भोकमरीले जनता मर्दै गएको बारे कुनै तहको सरकारले चासो नलिएको कारण आउंदा दिनमा अवस्था झन भयावह हुन सक्ने सम्भावना बढदै गएको छ ।भोकमरीले मर्दै गएको जनतालाई बचाउन राहत र अस्पताल तथा उपचार सामाग्री व्यवस्थापन गर्नुको सट्टा बिहीवार करी पांच करोड रुपैया खर्चेर ९ वटा वारुण यन्त्र किनेको छ ।
अहिले महामारीको अवस्थामा जनतालाई राहत र अस्पताल व्यवस्थापन नगरी वारुण यन्त्र बेतुका काम गरेको भनी सामाजिक सञ्जालमा निकै नै आलोचना भइरहेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयले कोरोना महामारी विकराल रुप लिइसकेको बेला स्वच्छता अभियानको नाममा पोखरी सिगार्नमा ६३ करोड मध्ये गत चैत महिनामा मात्रै १० करोडभन्दा बढी रकम खर्च गरिसकेका छन ।
समाजिक र उद्योग पर्यटन मन्त्रालय मठ मन्दिर सिगार्न र सांसदहरु सडक ढलान तथा दलान बनाउनमै व्यस्त छन । दोश्रो लहरको कोरोना संक्रमण महामारीको रुप लिइसकेको अवस्थामा प्रदेश सरकार कमीशन आउने योजना बाहेक अरु कुनै काम गरेको देखिदैन । कोरोना नियन्त्रणको नाममा हालसम्म मणिपालमा कोभिड अस्पताल निर्माण र केही अस्पतालमा भेन्टीलेटर जडान गरेका छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !