काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले संसदीय मर्यादा उल्लङ्घन गरेको स्वीकार गरेका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सोसल मिडिया फेसबुकमार्फत् दिँदै भुसालले भनेका छन्, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु ।’
त्यस्तै, उनले संविधान र राजनीतिका लागि आफूले उल्लंघनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेको बताउँदै आफ्नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाको पक्षमा रहेको बताएका छन् ।
यसैबीच उनले गतवर्ष दल विभाजनसम्बन्धी अध्यादेश आएपछि आफूलाई एक राजनीतिकर्मीले भनेजस्तै अहिलेका घटनाहरु अगाडि बढिरहेको स्मरण पनि गरेका छन् । भनेका छन्, ‘उनले भनेका थिएः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइने छ र तपाईँहरूलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरू पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ ।’
उनले थप भनेका छन्, ‘संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिने छ । घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !