काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा सिँचाई तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र २९ हजार ४ सय सेक्टर थप जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सरकारले बजेटमार्फत लिएको छ ।
सिक्टा सिँचाई आयोजनाको सम्पूर्ण निर्माण कार्य २ वर्षभित्र सक्ने भन्दै सरकारले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबर छुट्याएको छ ।रानीजमरा कुलरिया सिंचाई आयोजना आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ भने यो आयोजनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !