काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ( कोभिड–१९ ) को उपचारको क्रममा भएको स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणआक्रमणमा दोषीलाई कारबाही गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै आज ओलीले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मचारीमाथि आक्रमण दण्डनिय भएको बताएका हुन् ।
ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु ड्युटीमा खटिएको सुरक्षाकर्मीमाथि आक्रमण गरेको सरह भएको पनि उल्लेख गरेका छन् । उनले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाको लागि सरकार प्रतिवद्व भएको समेत विश्वास दिलाएका छन् ।
