-
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र शकीत ब्यक्तिले कोभिड परिक्षण गराई नतिजा नआउदा सम्म अलग्ग रहन विनम्र अनुरोध ।
लहान । कोभिड १९ दोस्रो लहर यता सिरहामा एन्टिजेन वाट २७२ र पिसिआर वाट २९९७ जनाको मात्र परिक्षण भएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएका वाहेक सक्रिय संक्रमित ८६९ रहेका छन् । ३८ पुरुष र १८ महिला गरि ५६ जनाको मृत्यु भैसकेको छ। कोभिड को पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो।
हाल दैनिक ६० जनाको औसत मा संक्रमित थपिने ट्रेन्ड देखिएको छ। दोस्रो चरण मा कोभिशिल्ड खोप ४४९३ ले मात्र लगएका छन् । सिरहा अस्पतालमा निशुल्क कोभिड परीक्षण को ब्यवस्था छ।सिरहा अस्पतालमा – डिसिसिएमसि को निर्णय वाट जिल्ला प्रशासनले आईसियु कक्ष निर्माण, ५ बेड को आईसियु, मनिटर सहित २ वटा भेन्टिलेटर जडान गरिदिईसकेकोछ ।
प्रदेश सरकार वाट थप २ भेन्टिलेटर र अक्सिजन प्लान्ट समेत जडान गरि संचालित छ । भेन्टिलेटर चलाउने जनशक्तिको वजारमै अभाव रहेकोछ।भएकालाई तालिम दिएर काममा ल्याउनु पर्ने वाध्यात्मक परिस्थिति छ ।अक्सिजन प्लान्ट वाट रिफिल गर्न जिल्ला प्रशासन ले आफ्नो बजेट वाट रिफिल प्लान्ट जडान गर्न टेन्डर आह्वान गरि खरिद प्रक्रिया वढाएको छ।
मुरारका अस्पताल लहान को अक्सिजन प्लान्ट समेतमा रिफिल गर्ने प्लान्टकालागि स्रोत खोज्ने कार्य भैरहेकोछ।गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा न पा र सखुवाननकारकट्टि गा पा ले आआफ्नो कोभिड अस्पताल पनि वनाएका छन् । लहान न पा ले पशुपति मा वि मा आईसोलेशन सन्चालनमा ल्याएको छ ।
सो बाहेक सरकारि र निजि गरि १५ अस्पताल ले कोभिड संक्रमितलाई उपचार सेवा दिईरहेकाछ्न ।जिल्ला प्रशासन सिरहाको पुरानो भवनलाई कारागारका वन्दि लक्ष्यित ब्यवस्थित आईसोलेशन यस अघिनै वनिसकेकोछ ।
वढ्दो संक्रमण न्यूनीकरण गर्न स्थानीय प्रशासनले २१ जेष्ठ सम्म सिरहा जिल्ला भरकालागि निषेधाज्ञा जारि गरेको छ । सिरहामा अक्सिजन आपूर्ति कालागि क्लस्टर नै वनाई नियमित आपूर्ति ब्यवस्थित गरिएकोछ । यसविच रेम्डिसिभिर समेतको आपूर्ति मिलाईएको छ।नेपाली सेना शव ब्यवस्थापन अतिरिक्त निषेधाज्ञा पालना गराउन पनि उत्रेको छ ।
सशस्त्र प्रहरी सिमा क्षेत्र वाहेकका स्थानमा पनि परिचालित छ। नेपाल प्रहरी जिल्लाभर क्रियाशिल छ। स्वास्थ्यकर्मि अत्यन्त जोखिमका विच पनि उपचारमा सन्लग्न हुनुहुन्छ।केहि समाजसेवी र सस्थावाट स्वस्फूर्त रुपमा स्वास्थ्य सामाग्री उपलव्ध गराउने एबम सिरहा अस्पतालमा बिरामी र कुरुवालाई खाना ख्वाउने काम पनि भएको छ।
एम्बुलेन्स र शव वाहनको ब्यवस्था मिलाईएको छ।
यतिहुदा पनि भोज र मृत्यु सस्कार मा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जवर्जस्ति हाट बजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गरि पिसिआर परिक्षण गराउन नचाहने प्रवृति ले जोखिम झनै वढाउन सक्ने देखिन्छ ।

















