लहान । दोस्रो चरणको कोभिड-१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल , नं. ७ गण हे.क्वा सिरहाले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरिले बताए।
बलान नदि देखि कमला नदिसम्म ४६ किलोमिटर सीमा क्षेत्र छ । सो सीमानाकामा ७ बिओपी र ७ एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको एसपी गिरिले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !