एजेन्सी । भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ । नारखी क्षेत्रमा दुई पक्षबीच कुटाकुट हुँदा प्रहरीले एक अराोपितलाई समातेर लैजाँदा गर्दा ती व्यक्ति प्रहरीको नाक र कान टोकेर घाइते बनाई फरार भएका छन् । प्रहरीले आरोपितको खोजी गरिरहेको छ ।
सोमवार साँझ प्रहरीलाई कुटपिटको खबर आएपछि घटनास्थल पुगेको थियो । सन्दीप नामक प्रहरी अधिकारीले टिल्लु नाम गरेका आरोपितलाई समाते र बाइकमा राखेर नारखी थानातिर लगे ।

















