काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो ।
ती सबै रिट निवेदनको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा तोक्नुभएको छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दायर भएका ४ वटा रिटको पेशी पनि आजै तोकिने भएको छ ।

















