काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पहिले संविधान बचाएर मात्र पार्टी बचाउन लाग्नुपर्ने बताएका छन् । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने बिषयमा बोल्दै देउवाले अहिलेको पहिलो दायित्व संविधान बचाउनु रहेको बताए ।
पार्टीको महाधिवेशन सरसल्लाह गरेर निर्णय गर्नुपर्ने उनले बताए। उनले आफू पनि महाविधेशन गर्ने पक्षमा रहेको उल्लेख गर्दै कोरोना महामारीको यस्तो बेला कसरी गर्ने भन्दै प्रश्न गरे। बिहीबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल संवाद कार्यक्रममा देउवाले कोरोना महामारीका कारण महाधिवेशन प्रभावित भएको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !