बिरेन्द्र प्रसाद नेपाल / लहान । निषेधाज्ञाका कारण धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित सिरहाको लहान नगरपालिका –१५ ढोडना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा आजको बुद्ध ज्यन्तिको दिन पर्ने राजदेवी मेला परापूर्व काल देखि चल्दै आएको पुजाआजा, बली प्राथा तथा मेलालाई लक्षित गर्दै यसपालि यो मन्दिरमा समान्य किसिमको पुजाआजा गर्ने समितीले जनाएको छ ।
निशेधाज्ञा पालना गर्न मन्दिरको परिसरसम्म मानिसहरुलाई पुग्न नदिन ईलाका प्रहरी कार्यालय लहानले राजदेवी पञ्चावती मन्दिर जानेआउने मुख्य–मुख्य प्रवेशद्धारहरुमा प्रहरी खटाएको छ तर यदाकदा बाहिरवाट मान्छे छिर्छ तर मन्दिर परिसर र मन्दिर गेटसम्म पुग्न दिएका छैनौ र मन्दिरको आसपास प्रहरीको जनशक्ति स्टिकली डयुटी मिलाएकोले अहिले सम्मको अवस्था समान्य रहेको कुरा लहान ईलाका प्रहरी कार्यालयवाट खटिएका प्रहरी नायव निरिक्षक झनक बहादुर अधिकारी बताउनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !