लहान। सिरहाको लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैती चोरीको शृङखलाको कारण लहानमा भय त्रास नै छाएको थियो । करिब आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहाका प्रहरी प्रमुख एसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ ।
सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासीलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसरत बाँकी नराख्ने बताए । जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसकेको जन गुनसो बढेपछि तत्कालिन सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीको सरुवा गरी गृहमन्त्रालयले एसपी पाण्डेलाई सिरहा सरुवा गरि पठाएको थियो ।
यता इलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) डा. तपन दाहालले विभिन्न डकैतीका घट्नामा संलग्नहरुलाई समात्न सकिन्न भने म लहान छाडेर जानेछु तर नगरवासीहरुले धैर्य संयमताको साथै सहि सूचना प्रहरीलाई समयमा नै उपलब्ध हुनुपर्ने एक सार्वजानिक कार्यक्रममा भन्नु भएको थियो । उहाँले भनेकै अनुसार सक्रियता देखाउन थाल्नु भएको यतिवेला लहानवासीले महसुस गर्न थालेका छन् ।
सिरहाको लहान नगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
गत बैशाख २८ सिरहाको लहान नगरपालिका वडा नम्वर – १ वस्ने कृष्णटोल निवासी ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन-चाँदीका गरगहना समेत चोरी भएको उक्त घटनामा संगलंग भएको प्रहरीले अनुसंन्धान गर्दै जादाँ संकास्पद रहेका लहान नगरपालिका १ मटियर्वा बस्ने महेन्द्र पुर्वेको २५ वर्षीय छोरा करण पुर्वे,मटियर्वा निवासी २२ वर्षीय संजय कुमार महतो र मटियर्वा वस्ने २४ वर्षीय धमेन्द्र महतोलाई कटुवा पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सन्युक्त प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा करण पुर्वेको घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा नम्बर नखुलेको कटुवा पेस्तोल १ थान 7.62 MM MFS 96 लेखिएको गोली १ थान बरामद भएपछि ३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको एसपी पाण्डेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !