दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौति गर्ने चेतावनी दिएको छ । कानुनविपरीत काम गरेको पाइएपछि गत वर्षको मंसिर ४ गते नै प्रशासनले क्रसरसम्बन्धि काम बन्द गर्न निर्देशन दिएको थियो ।
तर, अटेर गरेर क्रसर चलाएको पाइएमा त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानीलगायतका सेवा सुविधाहरु बन्द गरिनुका साथै उद्योग र सञ्चालक समेतको बैंक खाता, कारोबारलगायतका कामहरु रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आइतबार एक सूचना जारी चेतावनी दिएका हुन् ।

