काठमाडाैं । कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी केन्द्रका नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
उपचारकै क्रममा उहाँको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !