काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा रहेको नागरिकता अध्यादेश प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपति भण्डारीले जारी गर्नुभएको हो । समाचार स्रोतका अनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको छ ।


















