काठमाडाैँ । भारतमा ‘ब्ल्याक फङ्गस’ काे संक्रमण तीव्र भएको छ । काेराेना महामारीकाे चपेटामा रहेकाे त्यहाँ २९ राज्यमा याे राेगकाे प्रकाेप देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म याे राेग ८ हजार ८ सय जनाभन्दा धेरैमा देखिएको छ । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेकोले ती राज्यहरूलाइ प्रकाेपयुक्त घाेषणा गरेर नियन्त्रणमा जुट्न निर्देशन दिइएकाे छ ।
खासगरी काेराेना संक्रमण भएकाहरूमा याे राेग देखिने गरेकाे छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् । बिबिसी हिन्दीका अनुसार कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने चिकित्सकहरूकाे भनाइ छ । तर यसकाे यकीन कारण पत्ता लाग्न सकेकाे छैन । मधुमेह भएका बिरामीमा पनि यसको सङ्क्रमण धेरै हुने जोखिम रहेकाे चिकित्सकहरू बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !