काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले नेपाललाई झन् अशान्ति र सम्भावित द्वन्द्वमा लैजाने बताएका छन् ।
भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै राजदूत रेले ओलीको कदम संवैधानिक शासनको अपमान भएको समेत उल्लेख गरेका छन् ।कोराेना महामारीको समयमा लिइएको यो निर्णयले नेपालको भविष्यको स्थायित्वलाई समेत राम्रो नगर्ने उनले उल्लेख गरेका छन ।
ओलीले कुनै संसदीय उत्तरदायित्व विनै सबै शक्ति प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीमा केन्द्रित गरेको समेत उल्लेख गरेका छन् ।उनले भनेका छन, ‘भारतले जहिले पनि नेपालमा बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनलाई समर्थन गरेको छ । आजको बुझाइ के छ भने भारतले नेपालको अलोकप्रिय र निरंकुश शासनलाई समर्थन गरेको छ । यो बुझाइको आंशिक कारण के हो भने दुई मुलुकको बीचमा उच्चस्तरमा भ्रमण भइरहेको छ ।’
राजदूत रेले नेपाली विश्लेषकहरुले महन्थ ठाकुर र राजेन्द्र महतोलाई गरेको समर्थनलाई समेत भारतसँग जोडेको उल्लेख गरेका छन् । भारतले सार्वजनिक रुपमै आफू नेपालमा संवैधानिक शासनको पक्षमा रहेको धारणा व्यक्त गर्नुपर्ने उनको सुझाव छ ।नेपाल–भारतबीच भएको सहमति अनुसार नेपाललाई खोप दिनुपर्नेमा उनको जोड छ । भारत सबै दलसँग इंगेज हुनुपर्ने र पक्षधरता देखिन नहुने समेत उनले सुझाव दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !