काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने संकेत गरेको छ । आज स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताएसँगै यसको संकेत गरेका हुन् ।
‘स्वास्थ्य संकटकाल लगाउनुपर्छ भन्ने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ स्वास्थ्यमन्त्री त्रीपाठीले आज आयोजित पत्रकार सम्मेलनमा भने । उनले कोरोना भाइरसको महामारी रोकथामका लागि सरकार गम्भीर रुपमा लागेको समेत जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !