Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम भर्चुअल रुपमा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम आइतबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७ र कार्य सम्पादन सम्झौता बारेमा समीक्षा गरियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै कोभिड-१९ को कारण उत्पन्न विषम परिस्थितिमा पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी नियन्त्रणमा सशक्त भई लाग्न निर्देशन दिनुभयो । स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले पेशागत रुपमा आफ्नो भूमिका निर्वाह गर्ने क्रममा सहज बातावरणको सिर्जना गर्ने गरी हौसला प्रदान गर्न प्रदेश प्रहरी प्रमुखहरुले विषेश ध्यान दिनुपर्ने बताउनुभयो । संक्रमित कर्मचारीहरुको उपचार व्यवस्था, स्वास्थ्य सामग्री तथा खोप व्यवस्थापनको साथै कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा विषेश चनाखो हुनेपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बद्लिदो परिस्थितिमा शान्ति सुरक्षा कायम, निषेधाज्ञालाई थप कडाईका साथ कार्यान्वयन, अपराध अनुसन्धान तथा नियन्त्रणका लागि प्रचलित ऐन कानुनको परिधिभित्र रहेर संगठनको नीति एवम् निर्देशन अनुसार काम गर्नुपर्ने बताउनुभयो । प्रत्येक प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक साथ र सहयोगका लागि प्रहरी प्रधान कार्यालय सदैव तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा ६ वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिले भर्चुअल रुपमा आ-आफ्नो कार्यालयबाट गत वैशाख महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तुतीकरणमा निषेधाज्ञा कार्यान्वयन, कोभिड रोकथाम तथा नियन्त्रण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सुरक्षा निकाय तथा अन्य निकायहरुसँगको समन्वय र सहकार्यको प्रभावकारिता र वर्तमान अवस्थाको विश्लेषण गरी सम्पादन गरिएका उल्लेखनीय कार्य तथा उपलब्धीबारे विस्तृत विवरण समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुको उपस्थितिका साथै ६ वटा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh