काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेका छन्। उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, ईन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउँपालिकाका सबै वडालाई १ हजारका दरले मास्क प्रदान गरेका हुन्।
पूर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय मास्क ५ थान पीपीई सेट एवं सेनिटाइजर हस्तान्तरण गरे। साथै, केन्द्रलाई १० थान आइसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गरिनेसमेत उनले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !