काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र संसद दुवै मन नपरेको बताएका छन् ।उनीहरुको मिसन नै संसद र संविधानको हुर्मत लिनु भएकाले संसद विघटन भएको उनको भनाइ छ ।
ट्वीट गर्दै नेता थापाले विश्वासको मत लिनुको सट्टा ७६ )५) को आव्हान, अनुकूल नभएपछि विघथटन गरिएको उनको विश्लेषण छ ।उनले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद । विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६ (३)को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन ।
कस्तो सेटिङ ? प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !