काठमाडौँ । नेपाली काँग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा संविधान अपहरण भएको बताउनुभएको छ । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहनुभएका खड्काले आज एक विज्ञप्ती जारी गरी रातको १.४९ बजे संविधानको अपहरण गरी संसदीय व्यवस्थाको हत्या भएको बताउनुभएको हो ।
“कोरोना महामारीको कहालीलाग्दो अवस्थामा जनतालाई निर्वाचनको उपहार दिनु अलोकतान्त्रिक, गैरसंवैधानिक र तानाशाही कदम हो, यो घोर आपत्तीजनक छ,”– नेता खड्काले भन्नुभयो । यस्तो सम्मानित पदको बदनाम गराउने दुबै व्यक्तिलाई कुनैपनि दण्ड कम हुने उहाँको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !