काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले आह्वान गरेका छन् ।उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।
सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम ९प्रधानमन्त्री०ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप ९राष्ट्रपति०लाई बिदा गरौं ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !