काठमाडौँ । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले देखाएको व्यवहार निष्कृष्ट र अक्षम्य भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत पोखरेलले यस किसिमका बनिरहेका पार्टीभित्रकै अराजक कृत्यले एकताको वातावरण धुमिल बनाइदिएको पनि टिप्पणी गरेका छन् ।
बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका रामबहादुर थापा बादल पराजित भएका थिए । पार्टीकै नेता माधवकुमार नेपाल पक्षका जनप्रतिनिधिरुले मत नदिँदा थापा पराजित भएपछि महासचिव पोखरेलले यस्तो कार्य अपराधपूर्ण तथा कम्युनिष्ट आन्दोलन र संसदीय/लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद भएको बताएका छन् ।
-
यस्तो छ पोखरेलले फेसबुकमा लेखेको स्टाटस:
फेसबुकबाट तपाईको प्रतिक्रिया !